१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुवेक्षालाई फिल्मी शैलीमा प्रेमीले गरे विवाहको प्रस्ताव


16.068k
Shares

काठमाडौं । नायिका सुवेक्षा खड्का विवाह बन्धनमा बाँधिने भएकी छन् ।

मिस नेपाल इन्टरनेसनल २०१२ र वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७ की विजेता रहेकी सुवेक्षाले पे्रमी आश्वासन जोशीसँग विवाह गर्न लागेकी हुन् ।

आइतबार चितवनको बराही जंगल लञ्जमा प्रेमी आश्वासनले आफ्नो जन्मदिनको अवसरमा उनलाई हिराको औंठी लगाएर विवाहको प्रस्ताव राखेका थिए भने सुवेक्षाले औंठी स्वीकार गर्दै विवाहका लागि मञ्जुरी जनाएकी छन् ।

सुवेक्षाले उक्त कुराको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत गराएकी हुन् । उनले विवाहको लागि आश्वासनले प्रस्ताव राखेको तस्वीर र भिडियो इन्स्टाग्राममा सार्वजनिक गर्दै लेखेकी छन्, ‘खासमा जन्मदिन उनको थियो । तर, सरप्राइज मैले पाएँ ।’

सुवेक्षाले चलचित्र ‘रणवीर’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । उनी धेरैजसो स्टेज कार्यक्रम र विज्ञापनमा व्यस्त हुने गर्छिन् ।