
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आइटी हब बनाउनुपर्ने बताउनुभएको छ ।
सोमबार मन्त्रालयबाट बिदाई हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाल आइटी र शिक्षाको केन्द्र बन्न सबै किसिमबाट उपयुक्त भएको भन्दै देशलाई अबको ५ वर्षमा आइटी हबको रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपाली युवायुवतीहरु विदेशिन बाध्य भएको भन्दै देशका युवायुवतीहरुलाई घर, परिवार र आफ्नै समाजमा बसेर विदेशी मुद्रा आर्जन गराउने आइटी हब नेपाललाई बनाउनुपर्ने बताउनुभयो ।
उहाँले नेपाललाई आइटीको हब बनाउने कुरामा आफू सदैव सकारात्मक र सहयोगी हुने प्रतिवद्धतासमेत जनाउनुभयो । उहाँले आगामी ५ वर्षमा पूर्वाधार, जलश्रोतको विकास गरेर मुलुकले गति लिएको आभाष जनतालाई दिनुपर्ने बताउनुभयो ।
मन्त्री कार्कीले अबका दिनमा काँग्रेसले बदलिँदो परिस्थितिमा देशलाई केन्द्रमा राखेर र नेपाली जनतालाई केन्द्रमा राखेर अघि बढ्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्