
सिन्धुली । सिन्धुलीमा आदिवासी जनजातिहरुको पहहिचान गराउने मूल उदेश्यले भेष-भूषा प्रदर्शनी गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीले छैठाैं सिन्धुली महोत्सवको स्टलमा यहाँ बसोवास गर्ने राई, दनुवार, माझी, मगर, गुरुङ, तामाङ, नेवार, भुजेल, थामी र सुनुवार लगायतका जनजातिहरुको डमीमा पहिराइएको भेष-भूषा प्रदर्शनी गरिएकाे हाे । स्थानीय लोककला, संस्कृति र जनजातिहरुकाे मौलिक भेष-भूषालाई जर्गेन गर्नका लागि पछिल्ला पीढीहरुमा जागरण ल्यााउनका लागि प्रदर्शनी गरिएको नेपाल आदिवासी जनजाती महासंघ सिन्धुलीका अध्यक्ष तुला गुरुङले बताउनुभयो ।
आदिवासी जनजातिको भेष-भूषा प्रदर्शनीले सिन्धुलीकाे विभिन्न स्थानमा विगत लामो समयदेखि बसोवास गर्दै आएका पछिल्ला पीढीहरुले आफ्ना पूर्खाको पहिरन र जातीय विशेषताको जानकारी गराउन सहयोग पुगेको छ । प्रदर्शन गरेको जातीय पहिचान गराउजे भेष-भूषा प्रदर्शनीमा दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेपछि भेष-भूषा अवलोकन गर्न दर्शकको भीड लाग्ने गरेको छ ।
सिन्धुली महोत्सवको लोक साँस्कृतिक कार्यक्रममा जिल्लाका जनजातिहरुका कला संस्कृति र संगितलाई प्राथमिकता समेत दिइएको छ । सिन्धुलीको मरिण, हरिहरपुरगढी, घ्याङलेक र सुनकोशी लगायतका गाउँपालिकामा राई, दनुवार, माझी, मगर, तामाङ, जनजातिहरु, दूधौली, कमलामाई नगरपालिका क्षेत्रमा दनुवार, नेवार र गुरुङ जनजातिको बसोवास रहेकाे छ । फिक्कल, गोलन्जोर, तीनपाटनमा मगरको बसोवास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्