
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बुधबार संसदीय दलको नेता चयन गर्ने भएको छ ।
जसपाले संसदीय दलको नेता चयन गर्न मंगलबार निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यस्तै, १२ देखि दिउँसो १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने र १२ः३० देखि १ः३० बजेसम्म नाम फिर्ता लिने कार्यतालिका छ ।
दिउँसो १ः३० देखि दिउँसो २ बजेसम्म दावी विरोध गर्ने र दिउँसो २ देखि २ः३० बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । त्यसपछि २ः३० देखि ३ः३० सम्म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित हुनुभएको थियो । पार्टीका संघीय परिषद अध्यक्ष अशोक राई भने सांसद निर्वाचित हुनुभएको छ । संसदीय दलको नेताको लागि राई, नवलकिशोर साह र राजकिशोर यादवले आकांक्षा देखाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्