
म्याग्दी । म्याग्दीको बेनी बजार पर्यटकको आगमनसँगै पुनः पुरानै लयमा फर्किएको छ ।
कोरोनाको महामारीअघि यहाँ दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकोमा २०७६ साल चैतदेखि २०७८ भदौसम्म यहाँको चहलपहल शून्य भएको थियो ।
तर, गत वर्षको भदौदेखि संक्रमणदर घटेसँगै बिस्तारै चलायमान हुन थालेको यहाँको व्यापार व्यवसायमा यस वर्षको सुरुआतदेखि नै सुधार हुँदै आएकामा गत असोजको पहिलो सातादेखि पुनः पुरानै लयमा फर्किएको हो ।
यस्तै, बेनीबजारमा अहिले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दो र महिला भलिबल खेल आयोजना गरिएपछि पनि यहाँको पर्यटनले थप उचाइ पाएको हो । मौसम सुरु भएसँगै यतिबेला सदरमुकाम बेनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको छ ।
म्याग्दी नदी र कालीगण्डकीको सङ्गमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहासिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको छ ।
प्रतिक्रिया दिनुहोस्