
काठमाडौं । नेपालमा सर्वाधिक धेरै धनराशीका रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामक अन्तर्राष्ट्रिय रियालिटी शो आयोजना हुने भएको छ ।
आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले पत्रकार सम्मेलन गरी नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो गर्न लागेको घोषणा गरेको हो ।
प्रतियोगितामा १६ वर्ष माथिका विश्वभरका मानिसले भाग लिन सक्ने जनाइएको छ । यसका लागि इन्ट्रा नेशनल एपबाट आवेदन दिन सकिने संस्थाले जनाएको छ । दुवै शोका विजेताले एक करोड, फस्र्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख पुरस्कार पाउने फाउण्डेसनले जनाएको छ ।
शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीले अनलाइन आवेदन दिन सक्ने छन् । फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संस्कृति जोगाउन सबै एकजुट हुनु पर्ने भन्दै संस्थाको मुख्य उद्देश्य नेपाली मनोरन्जल क्षेत्रमा सांगीतिक क्रान्ती ल्याउनु रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्