२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


गोकर्णेश्वरमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु


286
Shares

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ डाण्डारे खार्का खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

मंगलबार राति भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-१ की कल्पना नेपाल रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ट्रकमा सवार दुई जनाको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुन्दरीजलबाट आर्खेनीतर्फ जाँदै गरेको बा५ख ७३०९ नम्बरको मिनी ट्रक तीब्र गतिका कारण हिजो बेलुकी ७ बजे सडकबाट करिब तीन फिट तल खसको थियो ।