२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्पेनको दोस्रो डिभिजन क्लब कासेरेन्योसँग गण्डकी-११ पराजित


2.977k
Shares

काठमाडौं । स्पेनको दोस्रो डिभिजनको लिग क्लब कासेरेन्यो सिपीले मैत्रीपूर्ण खेलमा नेपालको गण्डकी-११ लाई पराजित गरेको छ ।

पोखरा रंगशालामा बुधबार भएको खेलमा कासेरेन्योले गण्डकी–११ लाई ३–० गोल अन्तरले हराएको हो ।

कासेरेन्योको जितमा कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बेर्मुले एक–एक गोल गरे । खेलको २३ औं मिनेटमा कार्मेलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३० औं मिनेटमा मिगुएलले गोल गर्दै कासेरेन्योलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा बेर्मुले गोल गर्दै कासेरेन्योलाई ३–० को जित दिलाए ।

नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको दोस्रो डिभिजनको क्लब नेपाल आएको हो । अब कासेरेन्योले भोलि दशरथ रंगशालामा काठमाडौं–११ सँग मैत्रीपूर्ण खेल खेल्ने छ । स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।