
काठमाडौं । अत्यधिक चिसोका कारण मुगुको माथिल्लो क्षेत्रका बासिन्दाले गाउँ छाड्न थालेका छन् ।
हिमपातसँगै बढेको चिसोका कारण मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली भेगका बासिन्दाले गाउँ छोड्न थालेका हुन् । हरेक वर्ष जाडोका चार महिना मंसिर, पुस, माघ र फागुनमा उनीहरूले गाउँ छाड्ने गर्दछन् ।
हिउँदका चार महिना बेसीतिर झरेपछि हिमाली बस्ती सुनसान बन्ने गर्दछन । मुगु, चितै, डोल्फु, किम्री, कार्तिकलगायत बस्तीका स्थानीय बेसी झरिसकेका छन् । उनीहरु चैत लागेपछि मात्रै गाउँतिर फर्किन्छन् ।
१७ वटा बस्ती रहेको मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय आठ महिना मात्रै गाउँमा बस्ने गर्दछन् । करिब चार महिनासम्म सीमा प्रहरीचौकी पनि बन्द हुन्छ । मुगु गाउँमा रहेको तिब्बत सीमा प्रहरीचौकीलाई हिउँदमा गमगढीतर्फ सार्ने गरिएको छ ।
मौसमी बसोबास, भौगोलिक विकटता, गरिबी र सरकारको न्यून बजेटका कारण सोचेजस्तो विकास निर्माण गर्न नसकिएको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्