
सिन्धुली । ‘कृषि, उद्योग, पर्यटन र ब्यवसायमा लगानी अभिबृद्धि गरौं, समृद्ध र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौ’ भन्ने मुल नाराका संचालित सिन्धुली महोत्सवमा घरेलु उत्पादनको माग र बिक्री बढेको छ ।
पुस ८ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा ग्राहकहरुले स्थानीय घरेलु उत्पादन खोज्ने गरेका कारण स्थानीय घरेलु उत्पादनहरुको माग र बिक्री बढेको हो । पछिल्लो समय शहरी क्षेत्रमा समेत अर्गानिक वस्तुको उपयोग गर्ने गरेका कारण महोत्सवमा स्थानीय उत्पादनको बिक्री बढेको हो ।
महोत्सवमा स्थानीय घरेलु उत्पादनहरुको प्रदर्शनीलाई महत्व दिइएकाले गाई भैंसीको घ्यु, मह, सिलाम, लोकल कुखुरा, जुनार, बाँसका मुढा, मान्द्रो, ढाका कपडा आदिको बिक्री अत्याधिक देखिएको छ ।
यस्तै किवी, भुइँ स्याउ, महाभारत र चुरे पहाडबाट उत्पादन भएका जडीबुटीको प्रदर्शनी तथा बजारीकरणलाई प्राथमिकता दिइएको छ । पुस १८ गतेसम्म संचालन हुने महोत्सवमा ५० करोड बराबरको कारोबार हुने आँकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्