१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकारलाई समर्थन गरेका सात दलको वैठक बालुवाटारमा जारी


312
Shares

काठमाडौं । पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेका ७ दलका नेताहरूको वैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

वैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू सहभागी छन् । मन्त्रालय बाँडफाँडलगायतका विषयमा छलफलका लागि वैठक बसेको हो । सरकारमा सहभागी हुने दलहरुबीच मन्त्रालयहरूको भागवण्डा तथा अन्य पदहरुको विषयमा छलफल भईरहेको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले यही पुस २५ गते संसदबाट विश्वासको मत लिने तयारी गरेकाले त्यस अघि नै बाँडफाँड टुंग्याउने तयारीमा दलहरु रहेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू तथा प्रदेशका मन्त्रालयहरुको दलहरुबीच भागवण्डा मिलाउनु पर्ने छ ।

त्यसैगरी सरकारका न्युनतम साझा कार्यक्रमको विषयमा पनि छलफल हुने जनाइएको छ । दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेका दलहरू मध्ये राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन आ–आफ्ना शर्त अघि सारेका छन् ।