२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बुटवलमा चिसो बढेसँगै जनजीवन प्रभावित


104
Shares

काठमाडौं । बुटवलमा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ ।

रुपन्देहीको बुटवलमा बिगत केही दिनदेखि चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो ।

दुई दिनदेखि घाम नलागेको तथा हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको सर्वसाधारणहरु बताउँछन् । चिसो बढेसँगै सर्वसाधारणको दैनिकी असहज भएको छ ।

दुई दिन अघिसम्म मौसम राम्रो भए पनि हाल भने अचानक मौसममा फेरबदल हुँदा चिसो बढेको स्थानीय बताउँछन् ।

बुटवलसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । तराईका भूभाग तथा काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ ।