
काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९ औं महान्यायाधिवक्ताको पदभार ग्रहण गर्नुभएको छ ।
महान्यायाधिवक्ता पोखरेलले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएसँगै महान्यायाधिवक्ताको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । पदभारग्रहणपछि उहाँले न्यायको क्षेत्रलाई शिर ठाडो बनाएर हिँड्नसक्ने वातावरण बनाएर अघि बढ्ने बताउनुभयो ।
उहाँले न्याय क्षेत्रमा भएका समस्याको समाधान खोजेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सरकारी वकिलहरुको सेवाशर्तसम्बन्धी छुट्टै ऐन ल्याउन प्रयत्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।
महान्यायाधिक्ता पोखरेलले यसअघिका महान्यायाधिवक्ताहरुले गरेका राम्रा कामहरुलाई अघि बढाएर थप नयाँ काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्