१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृह मन्त्रालयको सहयोग


377
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती हटाउन सरकारसँग सहयोग मागेको छ ।

महानगरले थापाथलिस्थित बागमती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एव समन्वय गर्न अनुरोध गरेको छ ।

काठमाडौं महानगरले अघिल्लो महिना थापाथलीका सुकुम्बासी हटाउन डोजर लिएर गएको थियो । तर स्थानीय विरोधमा उत्रिएपछि महानगर पछि हटेको थियो । गृहमन्त्रीमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आएसँगै महानगरले मन्त्रालयलाई समन्वयका लागि भन्दै पत्र पठाएको छ ।

महानगरले यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मी नपाएको भन्दै असन्तुष्टी जनाउँदै आएको छ । तर थापाथलीमा बस्दै आएका सुकुम्बारी उचित व्यवस्थापन विना आफूहरुलाई हटाउन नपाइने बताउँदै आएका छन् ।