९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


चिसो बढैसँगै न्यानो कपडा र जुत्ताको व्यापारमा वृद्धि


104
Shares

सिन्धुली । सिन्धुलीकाे सदरमुकाम सिन्धुलीमाडी र आसपासका क्षेत्रमा अत्याधिक चिसो बढेसँगै न्यानो कपडा, जुत्ता र कम्बलको व्यापारमा वृद्धि भएकाे छ।

अहिले सञ्चालन भइरहेकाे छैठाैं सिन्धुली महोत्सवमा साेही सामग्रीहरूकाे व्यापामा वृद्धि भएकाे हाे । सिन्धुलीको लोकतान्त्रिक चौरमा सञ्चालन भइरहेकाे साेही महोत्सवमा ३ सयको हाराहारीमा रहेका स्टल पसलहरू राखिएकाे छ । जस मध्धे ६० को संख्यामा रहेका स्टल पसलहरुमा न्यानो कपडा, कम्बल तथा जुत्ता चप्पल किन्ने ग्राहकहरुको भीड लागेको छ ।

बाहिरी बजारको तुलनामा केही सस्तो मूल्यमा न्यानो कपडा, कम्बल तथा जुत्ता चप्पल लगायतका सामग्रीहरु पाइने भएकाले ग्राहकहरुको रोजाई महोत्सवका स्टलहरुमा रहेकाे छ । पुस महिनाको मध्यमा सिन्धुलीमा हुस्सु र कुहिरो लागेर अत्याधिक चिसो बढेकाले सामान्य जनजीवन समेत प्रभावित हुन लागेको छ । साेही महोत्सवको अवलोकन गर्न आएका ग्राहकहरुको पहिलो रोजाई सस्तो र सरल मूल्यमा न्यानो कपडा र जुत्ता कम्बल किन्नमा नै देखिएको छ ।

‘कृषि उद्योग र पर्यटनमा अभिवृद्धि गरौं, समृद्धि र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौं’ भन्ने नारासहित छैठौं सिन्धुली महोत्सव यहि पुस ८ गतेदेखि सञ्चालन भइरहेको छ । साेही महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।महोत्सवले जिल्लाको कृषि, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, स्थानीय व्यापार, उद्योगको विकास, मौलिक उत्पादन, स्थानीय परम्परागत सीप, कला र संस्कृति तथा लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।