५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


जनताको सुख-दु:खमा सधै साथ दिन्छु: गुरूप्रसाद भट्टराई


221
Shares

स्याङ्जाको । स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख गुरूप्रसाद भट्टराईले नगरपालिकाे सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै जनताको सुख-दु:खमा सधै साथमा रहने बताउनुभएकाे छ ।

गल्याङ नगरपालिका-६ पिडीखोलामा बिहिबार सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा शिविरको उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । दूरदराजका जनताको दैनिकीलाई सहज तथा नगरपालिकाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने, उपचारका लागि गल्याङ नगर सदरमुकामसम्म आवतजावत गर्न नसक्ने र आर्थिक अभावका कारण स्वास्थ्यको पहुँचसम्म पुग्न नसक्ने नागरिकहरुका लागि सहज रुपमा सेवा पुर्‍याउने उदेश्यले शिविरको आयोजना गरेको उहाँकाे भनाइ छ ।

नगरपालिकाले प्रदान गर्ने सबै खाले सेवा जनताले आफ्नो घर आगनमा पाउँदा खुशी भएको र आगामी दिनमा जनताको जीवन स्तरवृद्धि विकास गर्ने पक्षमा आफू लागेको समेत उहाँले बताउनुभयो । साेही शिविरमा योजना सम्झौतादेखि लिएर बैक खाता खोल्ने, स्वास्थ्य उपचार र बीउ बिजन लगायत नगरपालिकाले प्रदान गर्ने सेवा स्थानीयवासीले प्राप्त गरेकाे उहाँकाे तर्क छ ।

साेही कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने जनताले अपेक्षा गरे अनुरूपको सेवालाई जनताका माझ पुर्‍याउने अभियानमा आफूहरु लागेको बताउनुभयो । समाजमा रहेका जेष्ठ नागरिक महिला बालबालिकाको हितमा रहेर काम गर्ने उहाँले बताउनु भयो । गल्याङ नगरपालिकाले पहिलो पटक एकीकृत घुम्ती शिविर सञ्चालन गरेकोमा नागरिकहरू अत्यान्तै खुशी भएका छन् ।