२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


तमु ल्होसार (तस्बिरहरु)


273
Shares

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्ष ल्होसार हर्षोल्लासपूर्वक मनाएका छन् ।

शुक्रबार गुरुङ समुदायको बाक्लो बस्ती रहेको गण्डकी प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष हर्षोल्लासका साथ मनाउने गरिन्छ । तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष सुरुआतको रूपमा मनाउने गर्दछन् ।

दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिकरुपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय वेषभूषा लगाउने चलन छ ।

यो पर्वका बेला घाटु, सोरठी र चुड्का भनेर प्रचलित कौडा नाचेर आफन्त, परिवार र साथीभाइसँग रमाइलो गर्ने परम्परा छ । काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रमसहित ल्होसार पर्व मनाएका छन् । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी भएका हुन् । यस पटक तो ल्हो अर्थात बाघ वर्गको बिदाई गरी हि ल्हो अर्थात बिरालो वर्गको वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाइएको छ ।

ल्हो को अर्थ वर्ष र सारको अर्थ फेरिनु भएकाले वर्ष फेरिने पर्वको रुपमा मनाउने गरिन्छ । पुस १५ सबैभन्दा छोटो दिन र रात सवैभन्दा लामो हुने विश्वास पनि रहेको छ । सरकारले सार्वजनिक बिदा दिएको थियो ।