
काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरुले अवरोध गरेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभिएशन मिट २०२२’ कार्यक्रममा बोल्दै पूर्वपर्यटन मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताउनुभएको हो ।
उहाँले राज्यकै निकायले निजगढ जस्तो विमानस्थल आयोजनालाई रोक्नु दुःखद् रहेको बताउनुभयो । भट्टराईले राज्यका कतिपय निकायहरुले विमानस्थलको विषयमा बुझ्न नसकेको बताउनुभयो । उहाँले वातावरण सम्बन्धि चासो भएको निकायले अर्कोको क्षेत्रका हस्तक्षेप गरिरहेको आरोप लगाउनुभयो ।
उहाँले निजगढ आयोजनामा अवरोध गर्नु भनेको विकासमा अवरोध खडा गर्नुभएको उल्लेख गर्नुभयो । सांसद भट्टराईले निजगढ विमानस्थल रोक्नु नेपाललाई अगाडि जान नदिनु भएको पनि बताउनुभयो । उहाँले राज्य संयन्त्रले जसले जे काम गर्नुपर्ने त्यो काम नगरेको भन्दै न्यायको निरुपण गर्नेले पुतली गरिरहेको उल्लेख गर्नुभयो ।
त्यस्तै, पूर्वपर्यटन मन्त्री जितेन्द्रनारायण देवले हवाई यात्रुहरुलाई बाहिर राखेर हवाई नीति बनाएर कार्यान्वयनमा लगियो भने नेपालको हवाई उडान क्षेत्र समस्यामा पर्नसक्ने बताउनुभयो । उहाँले सरकारले नेपालको हवाई उडान क्षेत्रलाई नीतिगत रुपमा अगाडि बढाउँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा आकर्षण गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले सरकाले त्यसतर्फ ध्यान दिएमा मात्रै नागरिक उड्डयनले सामाजिक तथा आर्थिक विकासमा योगदान गर्नसक्ने बताउनुभयो ।
उहाँले हवाई उडान क्षेत्रलाई नेपालको जिडिपी र अर्थतन्त्रमा ठूलो योगदान गर्ने उद्योगको रुपमा बुझ्न नसकिएको बताउनुभयो । उहाँले नेपालमा हवाई उडान क्षेत्रको धेरै ठूलो महत्व रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्