१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा


364
Shares

काठमाडौं । २२ औं संस्करणको आहा रारा गोल्डकपमा आफ्नो डेब्यु खेलमै चर्च ब्वाइज युनाइटेडले सर्वाधिक विजेता नेपाल पुलिस क्लबलाई हराएको छ ।

यो जितसँगै यसै सिजन ए डिभिजनमा उक्लिएको चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई २–१ ले स्तब्ध पार्‍यो । खेलको पहिलो हाफमा विभागीय टिम नेपाल पुलिस क्लबले अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा प्रतियोगिताबाटै बाहिरिनु पर्‍यो ।

खेलको २५ औं मिनेटमा पुलिसका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ७७ औं मिनेटमा चर्च ब्वाइजका अञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनी केही दिन अघि मात्रै मनाङ मर्स्याङ्दी छाडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका थिए ।

अतिरिक्त समयको आठौं मिनेटमा चर्च ब्वाइजले कर्नर पायो । जसको सदुपयोग गर्दै चर्चब्वाइजले पुनरागमन अग्रता लियो । चर्च ब्वाइजका लागि दोस्रो गोल अनन्त तामाङले गरे । आहा रारा गोल्डकपको क्वाटरफाइनलमा चर्च ब्वाइज क्लबको मच्छिन्द्रसँग भेट हुने छ ।

मच्छिन्द्र जारी प्रतियोगितामा बाई पाउँदै सिधै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।