
सिन्धुली । सिन्धुलीका किसानहरुले भुईकटहरको खेतीबाट प्रयाप्त आम्दानी गर्न थालेका छन् ।
जिल्लाको कमलामाई नगरपालिकाको वडा नम्बर १, २, ४, ५ र ८ का विभिन्न क्षेत्रका किसानहरुले केही समययता व्यवसायिक भुईकटहरको खेती संचालन गर्दै आएका हुन् । सिन्धुलीमा उत्पादित भुईकटहरहरु किसानहरुले वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गमा आवतजावत गर्ने निजी तथा सार्वजनिक सवारीका साधनहरुका यात्रुहरुलाई बिक्री वितरण गरी प्रयाप्त आम्दानी गर्दै आएका छन् ।
सिन्धुलीमा उत्पादित भुईकटहरहरु व्यापारीहरुले जनकपुर, काठमाडाैं, बर्दिबास, वीरगञ्ज,विराटनगर जस्ता शहरहरुमा बिक्री वितरणका लागि लाने गरेको छन् । भुईकटहरको बिक्री वितरणबाट सिन्धुलीका किसानहरुले वार्षिक ३ करोड आम्दानी गर्ने गरेको एक तथ्यांकले देखाएको छ । भुईकटहर हरेक मौसममा पाइने निकै स्वादिलो फल हो ।
यो स्वादिलो मात्र होइन निकै गुणकारी समेत हुन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । भुईकटहर नियमित रूपमा खाएमा यसले शरीरलाई विभिन्न फाइदा समेत पुर्याउछ ।
प्रतिक्रिया दिनुहोस्