२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नयाँ वर्षसँगै आशमा पर्यटन व्यवसाय


117
Shares

काठमाडाैं । इस्वी संवतको नयाँ वर्ष सन् २०२३ भोलिदेखि सुरु हुँदै छ ।

विश्वभरी फैलिएको कोरोना संक्रमणका कारण थलिएर व्यूँतिएको पर्यटन व्यवसायले नयाँ अंग्रेजी वर्षसंगै लय पक्रिने व्यवसायीहरुको अपेक्षा छ । तर उत्तरी मित्र राष्ट्र चीनमा कोभिडको संक्रमण बढेसंगै यहाँका पर्यटन व्यवसायी त्रसित छन् । लाखौंको संख्यामा आउने चिनिया खर्चालु पर्यटकका रुपमा चिनारी कमाएका छन् ।

अंग्रेजी नयाँ बर्षको सुरुवातसंगै यो बर्ष पर्यटन क्षेत्रमा उल्लेख सुधार आउने आशामा नेपाली पर्यटन व्यवसाय रहेको छ । लामो समय सम्म घाटा बेहोरेर भर्खरै लयमा आएको पर्यटन व्यवसाय यो बर्षको सुरुवात संगै सुधार हुने आशमा व्यवसायि रहेका छन् ।

यही आशाले पर्यटन क्षेत्रमा ठूला साना लगानी पनि बढ्दै गएका छन् । व्यवसायिहरुले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई नेपालमा आकर्षीत गर्न विभिन्न सहुलियतका प्याकेज ल्याईरहेका हुन्छन् । तर सरकारले नै पर्यटन क्षत्रलाई महत्व नदिँदा नेपालको पर्यटन क्षेत्र माथि उठ्न नसकेको व्यापारिहरुको गुनासो रहेको छ ।

यो बर्ष बाटो, यातायात, होटललगाएतका एजेण्डामा सरकारी स्तरबाटनै ध्यान गए पर्यटन व्यवसाय उक्सिने आशा र विश्वास उनीहरुको छ ।

विगत केही समययता बढेका पर्यटकका कारण उत्साही व्यवसायि पुन कोरोनाकै कारणले थलिने होकी भन्ने चिन्तामा छन् । छिमेकी राष्ट्रहरुमा बढ्दै गएको कोरोनाको ओमिक्रोन भेरिएन्टको विएफ प्रजातिको त्रास नेपालमा पनि देखिएपछि सरोकारवालाहरु त्रसित बनेका हुन ।

पर्यटकको मुख्य थलो मानिने राजधानिको प्रमुख बजार ठमेल बजारमा ८० प्रतिशतभन्दा बढी पर्यटकहरु विदेशी रहने गर्दछन् । नयाँ बर्षको सुरुवात भएसंगै भारतका पर्यटक नेपाल आएपनि अन्य देशका पर्यटक पातलिने गरेका छन् । पाहुनालाई सधैं आकर्षित गर्न पूर्वाधारका क्षेत्रमा बहुपक्षीय लगानी, सर्वसुलभ बजार आवश्यक छ।