
कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमकाे संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन हुनुभएकाे छ ।
आज आइतबार बसेको दलको बैठकले भट्टलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेकाे हाे । साथै माओवादीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने जिम्मा समेत बैठकले भट्टलाई दिएको छ ।
भट्ट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज समेत हुनुहुन्छ हुन् । शनिबारको बैठकमा सहमति हुन नसकेपछि आइतबार बैठक बसेको हो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन गर्न बाँकी रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्