५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


गल्याङ नगरलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउँछु: गुरूप्रसाद भट्टराई


208
Shares

स्याङ्जा । स्याङ्जाकाे गल्याङ नगरपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन पहल गरिएकाे छ ।

कृषि र पशुपालनका लागि गल्याङ नगरलाई अनुसन्धान तथा हबका रुपमा विकास गर्ने अभियानका साथ आफू लागि परेको गल्याङ नगरपालिकाका प्रमुख गुरूप्रसाद भट्टराईले बताउनुभयो । कृषि र पशुपालनबाट नै मुलुक समृद्ध बन्ने भएकाले साेही नगरपालिकाले पनि कृषि र पशुपालनलाई प्राथमिक्तामा राखेर अगाडि बढेको उहाँले बताउनुभयो ।

शनिबार स्याङ्जाको गल्याङ नगरपालिका-२ बटुवास्थित बटुवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । साेही नगरपालिकाले प्रतिलिटर दूधमा १५ रुपैयाँ अनुदान दिएको र पशुपालनका लागि विभिन्न अनुदानमा सामग्री कृषिमा बीउ विजन तथा कृषि औजारमा समेत अनुदान प्रदान गर्ने गरेको उहाँले बताउनुभयो ।

कृषि पेशालाई सम्मान गर्दै कृषि कर्ममा लाग्ने कृषकलाई परम्परागत कृषि प्रणाली भन्दा पनि व्यवसायिक र आधुनिकीकरणमा अगाडि बढ्न उहाँले आग्रह गर्नुभएकाे छ । साेही अभियानमा आफू र नगरकोतर्फबाट साथ सहयोग रहने उहाँकाे भनाइ छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष भीमप्रसाद भण्डारीले अध्यक्षको प्रतिवेदन र संस्थाका आर्थिक प्रतिवेदन लेखा समिति संयोजक हिमलाल भण्डारीले ७६ लाख बराबरको प्रस्तुत गर्नुभएको थियो । सहकारीमा ८७ जना शेयर सदस्यहरू समेत रहेका छन् ।