२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


मीड सोलुखोला हाईड्रोपावरको व्यवसायिक उत्पादन सुरु


104
Shares

सोलुखुम्बु । सोलुखुम्बुको सोलुखोलामा निर्माण सम्पन्न ९.८ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना (मीड हाईड्रोपावर) ले व्यवसायिक विद्युत उत्पादन सुरु गरेको छ ।

विद्युत प्रशारण लाइन परीक्षण तथा चार्जिङ सुरु गरेपछि गत मङ्सिर २५ गतेबाट २० दिनसम्म परीक्षण उत्पादन सफल भएपछि शुक्रबारबाट व्यवसायिक उत्पादन थालेको आयोजनाले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले व्यवसायिक उत्पादनका लागि आयोजनालाई मौखिक स्विकृति दिए पनि पत्र भने सोमबार मात्रै प्राप्त हुने आयोजनाका इलेक्ट्रिकल इन्जिनियर एवं प्लान्ट इन्चार्ज अनिश खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले आयोजनाले पाँच मेगावाट विद्युत उत्पादन गरिरहेको छ । ९.५ मेगावाट क्षमताको आयोजनाले हिउँद सिजनमा पाँच मेगावाट मात्रै विद्युत उत्पादन गर्न सक्ने मिड सोलु हाईड्रोपावर लिमिटेडका निर्देशक माधव मैनालीले जानकारी दिनुभयो ।

२०७७ असोजमा निर्माण शुरु भएको १३२ केभी प्रसारण लाईन आयोजनाको पावर हाउसदेखि खोरिया हुँदै सोलु करिडोरको सबस्टेशन तिङलामा जोडिएको छ । दुई वर्षमै निर्माण सम्पन्न भएको अयोजनाको विद्युत गृह सोलुदूधकुण्ड नगरपालिका ६ दोर्पुमा रहेको छ । परियोजनाको निर्माण लागत करिब २ अर्ब रहेको कम्पनीले जनाएको छ ।