१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टिपरको ठक्करबाट तनहुँमा एक महिलाको मृत्यु


299
Shares

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा टिपरको ठक्करबाट आइतबार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–३३ बागमारा बस्ने ६० वर्षीया टीकादेवी चापागाईं रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कोत्रेबाट दुलेगौडातर्फ आउँदै गरेको ग २ क ६२१९ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको ग १९ प ५६५९ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार चापागाईंको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घाइतेको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा साँझ ५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने ३३ वर्षीया लीलादेवी नेपाली घाइते भएकी छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । टिप्पर चालक अर्घाखाँची सन्धिखर्कका ४१ वर्षीय तिलक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।