
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यवसायिक बाख्रापालनमा लागेका छन् ।
दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरीले व्यवसायिक बाख्रापालन गर्न थालेका हुन् । उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) लागू भएपछि यहाँका विपन्न किसानमा व्यवसायिकता देखिएको हो ।
किसान समूहसँगको सहलगानीमा आयोजनाले बियाडका लागि बोयर बोका वितरण गरेको छ । किसान समूहले बोयर बोका पाएपछि यी दुवै गाउँमा खरी बाख्राको नश्न सुधार गरेर बोयरका पाठापाठी उत्पादन सुरु भएको छ । गाउँमा पहिलो पटक बोयर भित्रिएपछि समूह भन्दा बाहिरका किसानले समेत लाभ लिइरहेको स्थानीय किसान गोमा कार्कीले बताउनुभयो ।
समृद्धि आयोजनाले किसान समूहमा खोर सुधार, घाँस खेती वित्तीय तथा प्राविधिक शिक्षा र बजार सञ्जाल विस्तार लगायतका क्षेत्रमा समेत काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्