
म्याग्दी । म्याग्दीमा पछिल्लो समय जलविद्युत आयोजनाको निर्माण कार्यले गति लिएको छ ।
जलविद्युतको जिल्ला भनेर चिनिने म्याग्दीमा संचालित १२ वटा जलविद्युत आयोजनाहरु मध्ये उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाको निर्माण कार्यले १ वर्षमा ५० प्रतिशत भन्दा बढी काम सम्पन्न गरेको हाे । जलविद्युत आयोजना अन्नपूर्ण हिमालको फेदीबाट बग्ने रेलेखोलाको पानीलाई उपयोग गरि निर्माण गर्न लागिएको हो ।
गत वर्ष फागुनदेखि सुरु भएको आयोजनाको निर्माण कार्य हिमकन्सल्ट प्रालिले गरिरहेको छ । अहिलेसम्म करिब ५० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । आगामी असारसम्ममा पूर्वाधार निर्माणको कामसक्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर आयुष भट्टराईले जानकारी दिनुभयो ।
यस आयोजनाबाट उत्पादन हुने विद्युतलाई ४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रशारण लाइन निर्माण गरि कालीगण्डकी कोरिडोर प्रसारण लाइनको दाना सबस्टेशन मार्फत राष्ट्रिय प्रशारणमा जोडिने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्