
काठमाडौं । सहिद स्मराक ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले किरण श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
मनाङले सोमबार सामाजिक सञ्जाल फेसबुकबाट श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग नजिकिदै गर्दा मनाङले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदै छ । मनाङ ‘ए’ डिभिजन लिगमा कीर्तिमानी आठ पटकको च्याम्पियन हो । अनुभवी प्रशिक्षक किरणले नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक भएर काम गरि सकेका छन् ।
प्रतिक्रिया दिनुहोस्