२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा


143
Shares

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो ।

संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे भने विभागीय टिम त्रिभुवन आर्मीका तर्फबाट नवयुग श्रेष्ठले गोल गरे । अब संकटाले फाइनल प्रवेशका लागि एपीएफसँग खेल्ने छ ।

१५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि आर्मीले जागाउन सकेन । खेलको ७३ औं मिनेटमा संकटाका सुरजज्यू ठकुरीले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

आहा रारा पोखरा गोल्डकपको २२ औं संस्करणसम्म आउँदा संकटा र आर्मी दोस्रो पटक मैदानमा भिडेका हुन् । यसअघि ०७६ को क्वार्टरफाइनलमा आर्मीले संकटालाई ३–० ले हराएको थियो ।