९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


छैठौं सिन्धुली महोत्सव सम्पन्न, ५० करोड बराबरको आर्थिक कारोबार


273
Shares

सिन्धुली । सिनधुलीमा ११ दिनसम्म संचालन भएको छैठौं सिन्धुली महोत्सव सम्पन्न भएकाे छ ।

सिन्धुलीमाडीमा संचालन भएकाे साेही महोत्सवमा १० लाख दर्शकहरुले अवलोकन गरेका हुन् । महोत्सवमा ५० करोड बराबरको आर्थिक कारोबार भएको अनुमान गरिएको छ । ‘कृषि, उद्योग, पर्यटन र ब्यवसायमा लगानी अभिवृद्धि गरौं, समृद्ध र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौं’ भन्ने मूल नाराका साथ साेमबार सिन्धुलीमाडीमा संचालित छैठौं सिन्धुली महोत्सवको एक समारोहकाबीच समापन गरिएको छ ।

साेही महोत्सवले मन्द अवस्थामा रहेको सिन्धुली र आसपासका क्षेत्रको आर्थिक गतिविधि चलायमान गर्न सहयोग पुगेको सिन्धुली उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन तथा बाह्य सामग्रीहरुको ब्यापार, धार्मिक तथा ऐतिहासिक स्थलहरुको अवलोकन, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति, अन्तरविद्यालय, क्लब र समूह नृत्य प्रतियोगिता समेत गरिएकाे थियाे ।

महोत्सव यहि पुस ८ गतेदेखि १८ गतेसम्म संचालन भएकाे हाे । महोत्सवमा स्थानीय कृषिमा आधारित वस्तुहरु, हस्तकला, घरेलु उद्यमी सामग्री तथा दैनिक उपभोग्य वस्तुहरु, अटोमोबाइल्स, विभिन्न यान्त्रिकीकरण उपकरण, इलेक्ट्रोनिक प्रदर्शनी, जडीबुटी प्रदर्शनी लगायतका ३ सय वटा ब्यापारिक स्टलहरु राखिएकाे थियाे ।