
इलाम । झापासँग सीमा जोडिएको इलामको रोङ देवानगढी पर्यटककाे आकर्षणको केन्द्र बन्दै गएको छ ।
पर्यटक र अनुसन्धानकर्ताहरुको आकर्षण भएपछि देवानगढी क्षेत्रमा अहिले पर्यटकीय पूर्वाधार निर्माणको काम पनि सुरु गरिएको छ । देवानगढीबाट झापाका समथर भू–भागको समेत दृश्यावलोकन गर्न सकिन्छ ।
प्राकृतिक सुन्दरताले भरिएको बहुवनको सहिद पार्कबाट उक्लिएपछि ऐतिहासिक देवानगढीमा पुगिन्छ । देवानगढी क्षेत्र अहिले घना जंगलले घेरिएको छ । गढी क्षेत्रमा अहिले देवान राजाको गढी बंकर र भग्नावशेष मात्रै पाइन्छ । नेपाल एकीकरण अघि देवान राजाले यस गढीमा बसेर शासन गरेको इतिहास रहेकाे छ । देवान भनेको थर नभएर राजाले दिएको पदवी रहेको अध्ययनमा पाइन्छ ।
गढी क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने योजना अनुसार पूर्वाधार निर्माणको काम हुँदै आएको हो। रोङ गाउँपालिकाले गडी क्षेत्रमा वनजंगल संरक्षणसँगै ट्रि हाउस निर्माण गरेको छ । देवान गढीमा बसेर चिसापानीको डाँडा देवान राजाको घोडा परेड खेल्ने परेडस्थल बनाएका थिए । नेपालको इतिहासकाे बारेमा चासो राख्ने अध्ययन अनुसन्धानकर्ता आउने क्रम बढेपछि देवानगढीमा पर्यटकीय आकर्षण बढेको स्थानीयवासीको भनाइ छ ।
देवान राजाको शरीर हेमानको अग्लो रहेको किम्बदन्ति छ । अहिले पनि चिसापानीको डाँडामा रातमा राजाले प्रयोग गर्ने घुङगुरुको आवाजसहित घोडा हिड्ने गरेको कथन छ । चिसापानीको थुम्कीको प्राकृतिक रुपमा रहेको देवान राजाको परेड स्थल अति आकर्षक मनमोहक र सुरम्य रहेकाले जो कोही पनि मोहित हुन्छन् । देवानगढीबाट झापाका समथर भू–भागको दृश्यावलोकन गर्न सकिन्छ ।
बहुमूल्य सखुवाको जंगलकोबीचमा रहेको देवानगढीमा पर्यटकीय पूर्वाधार निर्माणको काम हुँदै आएकाे छ ।
प्रतिक्रिया दिनुहोस्