
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिका–४ बुड्डी खेल मैदानमा खेल महोत्सव सुरु भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित राष्ट्रपति रनिङ्घ शिल्ड प्रतियोगिता र मेयर कप प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै मंगलबार प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले शिक्षा, स्वास्थ्यसँग जोडिएको खेल प्रतिस्पर्धाबाट नगरपालिकालाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
खेल महोत्सवमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र मेयर कप शीर्षकमा विभिन्न खेल हुने छन् ।
प्रतिक्रिया दिनुहोस्