
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मितिमा विशेष अदालतले फैसला गरेका मुद्दामाथि पुनरावेदनको मागसहित सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मंगलबार ६ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।
विशेष अदालतबाट फैसला भएका ती मुद्दामा अख्तियारले फैसला चित्त नबुझेको भन्दै पुनरावेदन गरेको हो । थपलियाका अनुसार घुस÷रिसवत, गैरकानुनी लाभ तथा हानी र सार्वजनिक सम्पत्ति हानी नोक्सानी सम्बन्धी ६ वटा मुद्दाका फैसलामाथि चित्त नबुझेर पुनरावेदन गरिएको उहाँले जनाकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्