१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सामसुङको वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्स र फ्रिजको कम्प्रेसरमा २० वर्षको वारेन्टी


299
Shares

काठमाडौं । सामसङले वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्स र फ्रिजको डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षसम्मको वारेन्टी दिने भएको छ ।

पहिलो पटक ल्याइएको यस्तो वारेन्टी दिगोपनका लागि एक नयाँ कदम भएको कम्पनीको दाबी छ ।

यो वारेन्टीसँगै डिजिटल इन्भर्टरबाट चल्ने वासिङ मेसिन र फ्रिजलाई अझ टिकाउ बनाएर उपभोक्तालाई ढुक्क बनाउने कम्पनीको दाबी छ । यस नयाँ आयामको सुरुवातसँगै ई–वेष्ट न्यूनीकरण र ऊर्जा किफायतीमा समेत सघाउ पुर्‍याउने कम्पनीको तर्क छ ।