
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा पानीका मुहानहरू सुख्खा ग्रस्त हुँदा नागरिक तथा पशुचौपयालाई पिउने पानी जोहो गर्नै मुश्किल भएकाे थियो ।
यहाँ खानेपानी अभावकै कारण वर्षेनी दर्जनौं परिवार बसाई सर्नुपर्ने बाध्यता रहँदै आएको थियो । यस पालिकामा खानेपानी पैचौ लिनुपर्ने आवश्यकता थियो । तर यहाँको अवस्था अहिले फेरिएको छ । नागरिका खानेपानीकाे समस्यालाई सामाधान गर्नका लागि स्थानीय सरकारले अहिले बृहत खानेपानी आयोजना सञ्चालन गरेकाे छ । जसले गर्दा यस पालिकाकाे सुख्खा ग्रस्त क्षेत्रमा खानेपानी पुगेपछि नागरिकहरु अहिले खानेपानीकाे समस्याबाट मुक्त बन्न थालेका छन ।

खानेपानी आयोजना मार्फत पानी आएपछि करेसामा तरकारी उत्पादन हुँदै आएको स्थानीयवासी तुलसा श्रेष्ठले बताउनुभयो। बस्तीबस्तीमा खानेपानी पुगेसँगै यहाँका स्थानीयहरुको घरको करेसाहरु हरियाली देखिन थालेका छ । वर्षाैदेखि भौग्दै आएको खानेपानीको समस्याबाट मुक्त भएको छथर गाउँपालिका-३ काे पञ्चकन्याका स्थानीयवासी उमादेवी श्रेष्ठ र बद्रीनाथ क्षेत्रीले बताउछन्।

नागरिकहरुको समस्यालाई मध्येनजर गर्दै गाउँपालिकाले ३ करोड लगानीमा तेलिया खानेपानी आयोजना सञ्चालन गरेको थियो । खानेपानीले हाहाकार बनेको गाउँमा आयोजना सञ्चालन गरेपछि करेसा बारीमा हरिया सागपात देखिन थालेकाे गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाकाे भनाइ छ । खानेपानी आयोजना सञ्चालन सँगै ८ सय परिवार लाभान्भित बनेका छन् ।
आयोजना संचालन भएपछि बसाइँ सराईको संख्यामा समेत न्यूनिकरण आएको छथर गाउँपालिकाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्