१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


के सारा र कार्तिक फेरि छन् डेटिङमा ?


1.703k
Shares

एजेन्सी । भारतीय अभिनेत्री सारा अली खान र अभिनेता कार्तिक आर्यन फेरी प्रेम सम्बन्धमा रहेका छन् ।

उनीहरू फेरि प्रेम सम्बन्ध भएको खुलासा भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

फिल्म लभ आजकल २ फिल्मको छायांकन क्रममा उनीहरूबीच प्रेम सम्बन्ध गाँसिएको खबर बाहिरिएको थियो । केही समयपछि उनीहरूको ब्रेकअप भएको खबर पनि सार्वजनिक भयो । हालै उनीहरू फेरि प्रेम सम्बन्धमा रहेको खबर बाहिरिएको छ ।

कार्तिक र सारा आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहन्छन् । यतिबेला दुवै जना देश बाहिर घुम्न गएका छन् । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार सारा लण्डनमा छिन् ।

साराले सामाजिक सञ्जालमा आफ्नो भाइ इब्राहिम अली खान र साथीसँग तस्बिर सेयर गरिरहेकी छन् भने कार्तिकले पनि सोही स्थानमा घुमिरहेको तस्विर एउटै समयमा सार्वजनिक गरेका छन् ।

सार्वजनिक तस्बिरको आधारमा उनीहरू फेरि एकसाथ भएको अनुमान गरिएको छ । सारा र कार्तिकले एकै समयमा एकपछि अर्को तस्बिर पोस्ट गरेका थिए । जसमा रंगीन पृष्ठभूमि देखिन्छ ।

कार्तिक आगामी फिल्म ‘शहजादा’ मा देखिनेछन् । योसँगै उनी ‘क्याप्टेन इन्डिया’ र ‘सत्यप्रेमकी कथा’ मा पनि देखिनेछन् । सारा लक्ष्मण उटेकरको ‘अनटाइटल्ड’ फिल्ममा देखिनेछिन् । यो फिल्ममा उनीसँगै विक्की कौशलको पनि मुख्य भूमिका रहनेछ ।