१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कानून व्यवसायीको शीर झुक्न दिने छैन : महान्यायाधिवक्ता पोखरेल


78
Shares

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले कानून व्यवसायीहरुको शीर झुक्ने नदिने गरी कार्य सम्पादन गर्ने बताउनुभएको छ ।

महान्यायाधिवक्ता पोखरेलले आफू भागेर, लुकेर हिँडने गरी काम गर्ने पक्षमा नरहेको पनि पटकपटक दोहोर्‍याउनुभयो । सर्वोच्च अदालत बार एशोसिएशनले गरेको कार्यक्रममा उहाँले आफ्नो बल, बुद्धि र विवेक न्याय क्षेत्रको गरिमा बढाउन केन्द्रित हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

महान्यायाधिवक्ता पोखरेलले न्याय क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि आफू कानून व्यवसायीहरुसँग छलफल गरेर आवश्यक निर्णय लिन तत्पर रहेको समेत बताउनुभयो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले लयर्स एकेडेमी स्थापना गर्न, नेपाल बारको आफ्नै भवन निर्माणका लागि पहल गरिदिन महान्यायाधिवक्ता पोखरेलसँग आग्रह गर्नुभएको थियो । उहाँले कानून व्यवसायीको क्षमता अभिवृद्धिका लयर्स एकेडेमी स्थापना गर्ने कार्यलाई जोड दिएको बताउनुभयो ।

अध्यक्ष पोखरेलले बार काउन्सिल विधेयक पारित गराउन पनि महान्यायाधिवक्ताको कार्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।