
काठमाडौं । छिमेकी राष्ट्रमा कोरोनाको नयाँ भेरीएन्ट बिएफ सेभेनको संक्रमण बढिरहँदा त्यसको त्रास नेपालमा परेको छ । कोरोना संक्रमणको त्रासका कारण सिमा नाकाहरुमा कडाई गरिनुका साथै खोप लगाउनेहरुको चहलपहल बढ्न थालेको छ ।
कोरोना संक्रमण देखिएपछि हरेक वर्ष संक्रमणका नयाँ नयाँ भेरियन्ट देखा परिरहेका छन् । कोरोनाकै ओमिक्रोन भेरीएन्टको बिएफ सेभेन प्रजातीले अहिले छिमेकी राष्ट्रहरुमा आक्रान्त बनेको बेला त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । हाल नेपालमा कोरोना संक्रमणको एकिन तथ्याङक नभए पनि बिएफ सेभेन हुँन सक्ने अनुमान चिकित्सकहरुले गरेका छन् । अहिले कोरोना परीक्षण गर्नेको संख्या न्यून छ ।
कोरोना संक्रमण लक्षण देखिए पनि घरमै सुरक्षित बसेर उपचार गर्नेको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भेरीएन्टका अझै १७ प्रजाति रहेको र त्यो विस्तारै नेपालमा देखिने जनाएको छ । विज्ञहरुले हरेक पटक जनस्वास्थ्यका मापदण्ड अपनाउने तथा खोप लगाउन आग्रह गरे पनि नेपालमा पर्याप्त खोप नहुँदा समस्या भएको छ । सम्भव भएसम्म खोप लगाउने र जनस्वास्थ्यका सबै मापदण्ड पूरा गरे कोरोनाको जुनसुकै भेरीएन्टबाट सुरक्षित हुन सकिने चिकित्सकहरुको विश्वास छ ।
नेपालमा कोरोनाविरुद्धको खोप पर्याप्त भएको सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । उहाँले नेपालमा बुस्टर डोज लगाउनेको संख्या जम्मा २७ प्रतिशत भएको बताउनुभएको छ । खोप पर्याप्त नहुँदा समस्या हुने डा. पुन बताउनुहुन्छ ।
अघिल्लो पटक देखिएका डेल्टा, ओमिक्रोन भेरीएनट भन्दा अहिले देखिएको बिएफ सेभेन प्रजाती केहि कमजोर भएको चिकित्सकको अनुमान छ । यद्यपी कोरोनाको स्वरुप परिवर्तन हुँदै जाँदा यसको असर पनि कम हुँदै जाने विज्ञको अनुसन्धानले देखाएको छ । बिएफ सेभेको असर पनि वृद्ध तथा दिर्घरोगीलाई नै बढी हुने हुनाले सजक रहन चिकित्सकको सुझाव छ ।
कोरोना संक्रमणको जोखिमबाट बच्न आफै नै सर्तक हुनु जरुरी देखिन्छ । विगतमा कोरोनाका कारण भौतिक तथा शारीरिक रुपमै ठूलो क्षति भएकाले सरकारको तर्फबाट खोपको सुविधा र समुदायस्तरमै जनस्वास्थ्यका मापदण्ड अपनाउनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्