
काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी सस्थाबाट ठगिएका बचतकर्ताले आफूहरुको रकम फिर्ता गराउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
उच्च अदालत पाटनले निक्षेपकर्ताहरुको रकम फिर्ता गर्नेबारे कार्ययोजना बनाएर पेश गर्न सञ्चालकहरुलाई आदेश दिएसँगै पीडितहरुले आफ्नो रकम फिर्ता गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका हुन् ।
उनीहरुले सहकारीमा जम्मा भएको रकम लामो समयदेखि आफूहरुले फिर्ता नपाएकाले अदालतको आदेशसँगै सरकारले थप पहल गर्नेम आशावादी रहेको बताएका हुन् ।
पीडितहरुले बुधबार काठमाडौंमा भेला गरेर सहकारीमा जम्मा भएको निक्षेप फिर्ता गर्नका लागि उच्च अदालत पाटनको आदेश सकारात्मक रहेको भन्दै सरोकारवाला निकायलाई पथ दवाव दिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्