२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कैलालीमा जडान गरिएका सिसीटिभी क्यामेरा डेढ वर्षमै बिग्रिए


52
Shares

कैलाली । कैलालीको चिसापानीदेखि कन्चनपुरको गड्डाचौकीसम्म राखिएका सिसीटिभी क्यामेरा बिग्रिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले राजमार्गमा हुने दुर्घटना तथा शान्ति सुरक्षा निगरानीका लागि भन्दै राखिएका सिसीटिभी क्यामेरा बिग्रिएका हुन । शान्ति सुरक्षाका लागि राखिएका सिसीटिभी क्यामेरा प्रहरीलाई हस्तान्तरण गरेपनि मर्मतका लागि बजेट नहुँदा समस्या भएको प्रहरी भनाई छ ।

झण्डै डेढ वर्ष अगाडि सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले १ सय ३८ स्थानमा सिसिटिभि क्यामेरा जडान गरेको थियो । क्यामेरा मन्त्रालयले २०७८ असोज ३ गते प्रदेश प्रहरीलाई हस्तान्तरण गरेको थियो । १ करोड ७१ लाख ३१ हजार २ सय ५२ रुपैयाँमा जडान गरेका १ सय ३८ मध्ये अधिकांश बिग्रिएका छन् । सिसिटिभी क्यामेरा बिग्रिएका कारण चोरीका घटनामा पनि संलग्नलाई पक्राउ गर्न समस्या हुन थालेको प्रहरीको भनाई छ ।

कैलाली र कन्चनपुरका राजमार्गमा रहेको ब्यापारिक केन्द्रमा पछिल्लो सयम बिकृति, बिसंगती र अपराधका घटनाहरु बढि रहेका छन् । बजारमा सिसिटिभी देखावटी मात्रै भएको र मर्मतमा कसैले चासो नदिँदा अपराधिक गतिबिधि बढेको बजारबासीको आरोप छ ।