
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका स्वास्थ्य संस्थाहरूलाई गैरसरकारी संस्थाले १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
फाउन्डेसन फर इन्टरनेश्नल डेब्लोमेन्ट पब्लिक रिलिफ काठमाडौंले पालिकाका ६ वटा स्वास्थ्य संस्थाहरूलाई करिब १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरू सहयोग गरेको हो ।
उक्त जापानिज संस्थाले वडा नम्बर १, ४ र ५ को प्रत्येक स्वास्थ्य चौकीलाई करिब २ लाख रुपैयाँ, वडा नम्बर ३ मा रहेको २ वटा स्वास्थ्य चौकीलाई २ लाख ५० हजार रुपैयाँ र वडा नम्बर २ को प्राथमिक स्वास्थ्य केन्द्र दोदीलाई ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको प्रोजेक्ट म्यानेजर गुणवीर नेवारले जानकारी दिनुभयो ।
उहाँका अनुसार वितरण गरिएको सामग्रीहरूमा रिफ्रेजेरेटर, हाईटस्केल, वेटस्केल, साल्टर स्केल, गुल्कोमिटर, डिजिटल थर्मोमिटर, माईकोक्रोस्कोप, बेवी वारमर, वासिङ मेसिन, विपि सेट, डेन्टल सेट, ग्लोब्स लगायतका रहेका छन् ।
गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष बिना राई, स्वास्थ्य शाखा प्रमुख र वडाध्यक्षहरू लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्