२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


कञ्चनपुरमा अम्रिसोको कुचोबाट राम्रो आम्दानी


286
Shares

कैलाली । कञ्चनपुरको दोमिल्लाका स्थानीयले अम्रिसोको कुचोबाट राम्रो आम्दानी गर्न थालेका छन् । चुरे फेदीमा रहेको गाउँका स्थानीय बासिन्दाहरु ऐश्वर्य सामुदायिक वनमा आबद्ध भएर अम्रिसोलाई आम्दानीको श्रोत बनाउन सफल भएका हुन् । अम्रिसोको कुच्चो बनाएर स्थानीय बजारहरुमा बिक्री वितरण भइरहेको छ ।

वनभरी रहेको अम्रिसो चार वर्षदेखि स्थानीयले आम्दानीको प्रमुख माध्यम बनेको छ  । उनीहरुले अहिले अम्रिसोबाट दैनिक आवश्यक पर्ने घर खर्चसँगै बालबालिकाको पढाई खर्च समेत त्यसैबाट निकाल्ने गरेका छन् । अम्रिसोबाट कुचो बनाएर बिक्री गरी सामुदायिक वनको समेत आम्दानी बढीरहेको छ ।

सामुदायिक वनले ४० हेक्टरमा अम्रिसो लगाएको छ । अहिले अम्रिसो काट्नेदेखि कुचो बनाउन भ्याइ नभ्याइ भएको छ । सामुदायिक वनले गत वर्ष अम्रिसोबाट बनाइएका ३ लाख भन्दा बढीको कुचो बिक्री गरेको छ । यस वर्ष ४ देखि ५ लाखसम्मका कुचो बिक्री गर्ने लक्ष्य राखिएको छ ।

अम्रिसो काटनेदेखि कुच्चो बनाउने काममा स्थानीय उपभोक्ताले नै रोजगारी पाएका छन् । सामुदायिक वनले एउटा कुच्चो बनाएबापत १५ रुपैयाँसम्म दिने गरेको छ । यो वर्ष अम्रिसोका २० हजार बिरुवा रोपिएको छ ।

निकुञ्ज नजिकै रहेका कारण हात्तीले अम्रिसो नष्ट गर्दै आएकोमा संरक्षणका लागि तारबार गरिएपछि उत्पादन र आम्दानी बढ्दै गएको छ ।