
web pic
अर्घाखाँची । अर्घाखाँचीमा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका ११ जोगिमारेका ६२ वर्षिय ओम प्रकाश थापाको काम गर्ने क्रममा उछिट्टिएको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मालारानी गाउपालिका २ को झोलुङ्गे पुलको काम गर्ने क्रममा ढुङ्गा उछिट्टिएर टाउकोमा चोट लागेको थियो । चोट लागेपछि घाइते भएका मजदुर थापाको उपचारका क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कृष्ण प्रसाद घिमिरेले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्