
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
शुक्रबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका अधिकांश भू-भागहरूमा हुस्सु र कुहिरो लागेर चिसाे बढेसँगै जनजीव प्रभावित भएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, तराईका अधिकांश भू-भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
शुक्रबार राति भने देशको पहाडी भू-गमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, तराईका अधिकांश भू-भागहरूमा भने हुस्सु र कुहिरो लाग्ने सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्