
सिन्धुली । सिन्धुलीमा पोल्ट्री दिवसको अवसरमा करिब ७ सय जनालाई निःशुल्क अण्डा वितरण गरिएको छ ।
यहि पुष ११ गतेदेखि १८ गतेसम्म एक हप्तामासम्म सप्ता हव्यापी रुपमा मनाइएको पोल्ट्री दिवसमा ७ सय जना मानिसहरुलाई निःशुल्क अण्डा वितरण गरिएको भेटेरिनरी तथा पशुसेवा विज्ञ केन्द्र सिन्धुलीले जनाएको हाे । सिन्धुलीमा पोल्ट्री दिवसको अवसरमा विभिन्न कार्यक्रम संचालन गरी पोल्ट्री व्यवसाय सम्बन्धी जनचेतना मूलक सूचना प्रसारण तथा प्रकाशन गर्नुका साथै विभिन्न विद्यालयका विद्यार्थीलाई अण्डा, ब्रेड र दूध वितरण गरिएको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जगन्नाथ राउतले बताउनुभयाे ।
सोेही कार्यक्रम अन्तर्गत कार्यालयले विद्यार्थीलाई पाैष्ट्रिक आहारको बारेमा समेत जानकारी दिने उदेश्यले विद्यालयका १ सय ८६ जना विद्यार्थीलाई अण्डा, ब्रेड र दूध खुवाइएको छ । केन्द्रले सिन्धुली अस्पतालमा नियमित प्रसुती सेवा लिने गर्भवती महिला र अस्पतालसँगको समन्वयमा नियमित प्रसुती सेवा लिने ९४ गर्भवती साथै सुत्केरी महिलालाई समेत अण्डा वितरण गरेकाे थियो ।
कार्यक्रम अन्तर्गत सिन्धुलीमाढीका श्रमिकलाई खाजा स्वरुप अण्डा खुवाउनुका साथै जिल्ला अस्पताल सिन्धुलीको भवन निर्माणमा खटिएका १ सय ४० जना श्रमिक र सिन्धुलीमाढीको विभिन्न स्थानमा ज्याला मजदुरी गर्ने २ सय ४० जना श्रमिकलाई खाजा अण्डा र ब्रेड खुवाइएको पशुसेवा विज्ञ केन्द्र सिन्धुलीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्