
तेह्रथुम । लामो समयपछि धनकुटाकाे सिधुवा शुक्रबारे–ओख्रे १६ किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको छ ।
स्थानीय वासीन्दाको दवावपछि कालोपत्रेका लागि निर्माण कम्पनीले तीव्रता दिएको हो । निमार्ण कार्यले तीव्रता पाएपछि जिल्लाको पश्चिम क्षेत्रका नागरिकहरु खुशी भएका छन् । सडक निमार्णका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेको लागि तयारी भएको हो । हिउँदामा धुलाम्य र वर्षादमा हिलाम्य हुने सडकको पीडाले ग्रसित बन्दै आएका यस क्षेत्रका नागरिकहरु सडक कालोपत्रे भएपछि खुशी बनेका छन् ।
करिब ३ दशक अघि ट्रयाक खोलिएको सडक कालोपत्रे नहुँदा वर्षेनी नागरिकहरुले सास्ती भाेग्दै आएका छन् । ओएसिस इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लि.ले सडक निर्माणको काम गर्दै आएको छ । सडक कालोपत्रे नहुँदा वर्षेनी सास्ती भोग्दै आएका स्थानीय वासीन्दालाई उत्पादन भएको वस्तु ढुवानी गर्न सहज हुने स्थानीय दुर्गा बुढाथोकीले बताउनुभयो । ८२ करोड रुपैयाँको लागनीमा सडक कालोपत्रे हुन लागेको हो ।
सडकमा कटिङ, ग्याबिङ र नाली निर्माण लगायतका कामहरु सम्पन्न गरेसँगै कालोपत्रेका लागि तयारी भएको कम्पनीका इन्जिनियर मिनराज तामाङको भनाकाे भनाइ छ । सडक कालोपत्रे सुरु भएपछि साना तथा ठूला सवारी साधानहरु सञ्चालनमा आउन थालेका छन् । सडकलाई गुणस्तरीय र समय मै सम्पन्न गराउन स्थानीय सरकार सम्बन्धित सरोकारवाला तथा मन्त्रालयहरुसँग परामर्श भइरहेको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो।
सडक निर्माण भएसँगै जिल्लाको छथर गाउँपालिकाका १६ हजार घरपरिवारका साथै छिमेकी जिल्ला धनकुटा र पाँचथरका वासीन्दा समेत लाभान्भित हुने भएका छन । सवारी साधन सञ्चालनका साथै स्थानीस्तरमा उत्पादन भएको कृषिजन्य वस्तु दूग्ध पदार्थ ढुवानीमा सहज हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्