
काठाडौं । पौष शुक्ल पुर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा काठमाडौंमा शुक्रबार मनाइएको छ ।
शुक्रबार पौष शुक्ल पूर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा, माटोको भाँडा फुटाउने जात्रा सांस्कृतिक कार्यक्रमसहित मनाइएको हो ।
चाँगुनारायण यात्राको दर्शन गर्न उपराष्ट्रपति नन्दबहादुर पुनसमेत हनुमान ढोका पुग्नुभएको हो । उहाँले हनुमान ढोकास्थित तलेजु भवानीको दर्शन एवं प्रसाद ग्रहण समेत गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै तारिणी मखन क्लबका अध्यक्ष राजन महर्जनले लिच्छिवीकालदेखि सुरु भएको जात्रा लोप हुँदै गएकाले यसको संरक्षणका लागि मेला आयोजना गरेको बताउनुभयो । उहाँका अनुसार परापूर्वकालमा चाँगु नारायण यात्राका लागि भक्तपुरबाट निस्किएको र हनुमान ढोका आएपछि त्यहाँका राजाले देवता हिँड्नुभयो भन्ने ठानेर हाँडी फुटाएर रोकेको किंवदन्ती छ ।
हाँडी फुटाएपछि चाँगु नारायणले मलाई अशुभ भयो अब म कतै जानु हुँदैन भनेर तलेजु भवानीको मन्दिरमा पसेको किंवदन्ती छ ।
मेलाको अवसरमा उपराष्ट्रपति पुनले कुमारीको समेत पूजाअर्चना गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्