
काठमाडौं । नेपाली चलचित्र ‘चि मुसी चि’: इभन डेड डिजायर बिल्ङ्गिङ’ आजबाट देशभर प्रदर्शनमा आएको छ ।
हरर, थ्रिलर र ड्रामा जनरामा राखिएको यस चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतको अभिनय रहेको छ ।
चलचित्रलाई मर्ण जेम्स र यश सैनीले संयुक्त निर्देशन गरेका हुन् । चलचित्र सार्वजनिक भइसकेपछि दर्शकहरुसँग सिनेमा हेरिसकेपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री प्रियंका कार्कीले नेपालमा बनेको हरर चलचित्रमध्ये यो चलचित्र उत्केष्ट रहेको बताइन् । उनले यसका लागि आफूले धेरै दुःख गरेको पनि बताइन् । उनले च्याप्टर वान हेर्न आग्रह गर्दे च्याप्टर २ का लागि आफू एक्साइटेड रहेको बताइन् ।
उनले चलचित्र हलमा दर्शकहरुले धेरै साथ दिएको बताइन् । त्यस्तै, अभिनेता आयुष्मान देशराज जोशीले च्याप्टर २ को कथावस्तु पनि हेरिरहेको बताए । तलचित्रमा साउण्डले धेरै नै राम्रो गरेको बताए ।
चलचित्रलाई मर्ण जेम्स र यश सैनीले संयुक्त निर्देशन गरेका हुन् । उनीहरुकै संयुक्त कथा एवं पटकथा रहेको चलचित्रको प्रश्तुतकर्ता अरुण चक्रवर्ती हुन् । यस चलचित्रमा रिञ्जु केसी र प्रश्तुतकर्ता अरुण चक्रवर्तीको लगानी छ । एकल प्रदर्शनको अवसर पाएको ‘चि मुसी चि’लाई मल्टिप्लेक्स हलहरुले सुखद् शो दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्