७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुलीको घ्याङलेखका नागरिकद्वारा लाखौं मूल्य पर्ने जग्गा सरकारलाई हस्तान्तरण


247
Shares

सिन्धुली । सिन्धुलीको दुर्गम स्थान घ्याङलेख गाउँपालिकाका सामान्य नागरिकहरुले लाखौं रुपैयाँ मूूल्य पर्ने जग्गा सरकारलाई हस्तान्तरण गरेका छन् ।

घ्याङलेख गाउँपालिकाका-२ निवासी औतार सिंह भोलन, पूर्णिमाया भोलन, कालध्वज भोलन र हस्तमाया भोलनले सेफ हाउसको भवन निर्माणका लागि १२ आना जग्गा सरकारलाई हस्तान्तरण गरेका हुन् । स्थानीयवासीका अनुसार याे जग्गाको मूल्य ३६ लाख पर्ने छ।

सिन्धुलीको हायुटारमा रहेको जग्गा उनीहरुले गाउँपालिकाको नाममा दिएकाे गाउँपालिकाका प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिनुभयो । साेही जग्गामा गाउँपालिकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हेरचाह केन्द्र (सेफ हाउस) भावन निर्माण गरिएको प्रशासकीय अधिकृत कार्कीले बताउनुभयाे।

मौखिक रुपमा भने उक्त जग्गा २ वर्षअघि नै हस्तान्तरण गरेकाे थियाे । तर जग्गाको कित्ताकाट खुलेसँगै जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेशन गरिएको घ्याङलेख गाउँपालिकाले जनाएकाे छ ।