२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


अर्घाखाँचीमा विद्युत प्राधिकरणकाे महशुल सेवा बन्द


91
Shares

अर्घाखाँची । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको महशुल सेवा बन्द भएको छ।

प्राधिकरणको अर्घाखाँची वितरण केन्द्रको महशुल संकलन सर्भरमा समस्या आएपछि आज आइतबारदेखि सेवा बन्द भएको हाे । सर्भरको मर्मत कार्यको लागि काठमाडौं लैजानु पर्ने भएकाे नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्र सन्धिखर्कले जनाएकाे हाे ।

सर्भरको मर्मत नहुजेलसम्मको लागि महशुल संकलन काउन्टर तथा अनलाइन भुक्तानी प्रणाली अवरुद्ध हुने भएकाे छ ।